Logo

मुख्य समाचार

बुढीगंगा नगरपालिकामा एमाले नेताकै नेतृत्वमा बुध कब्जा भयो: कांग्रेस प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा धाँधली भएको दाबी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त ठाउँमा बुध कब्जा गरेको आरोप कांग्रेसले लगाएको हो ।

निर्वाचन पछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले स्थानीय एमालेकै नेताको नेतृत्वमा बुध कब्जा भएको र सुरक्षा निकायसमेत बस्न नसक्ने अवस्था सिर्जना भएकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताए ।

बुध कब्जा भएपछि रोकिएको निर्वाचन छिटो गराउन पनि निर्वाचन आयोगसँग कांग्रेसले माग गरेको छ । कांग्रेसले अन्य स्थानमा पनि विभिन्न कारणले रोकिएको निर्वाचन यथाशिघ्र सम्पन्न गर्न माग गरेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ३ : ४० बजे