Logo

Breaking News 1

भरतपुर महानगर: पछाडि पर्दै एमालेका विजय सुवेदी, रेणु बढाउँदैछिन मतान्तर



काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै अगाडि बढिरहेकी छिन् ।

आफू भन्दा अगाडि रहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछाडि पार्दैै रेणुले अहिले ८७ को मतान्तर बनाएकी छिन् ।

रेणुले ६ हजार २ सय २ मत पाउँदा एमालेका सुवेदीले ६ हजार १ सय १५ मतसहित पछ्याईरहेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २२ मत पाएका छन् ।

यस्तै, उपमेयरमा गठबन्धनतर्फको नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ५ सय ५८ मतसहित अग्रता कायम गरिरहेका छन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार हिमला गुरुङले ५ हजार १० मतसहित अधिकारीलाई पछ्याईरहेकी छिन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ४० बजे