काठमाडौं । सल्यानमा विजयी जुलुसको गाडीमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।
कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनको जित मनाउन जाँदै गरेको गाडीमा करेन्ट लागेको हो ।
करेन्ट लागेर १० जना भन्दा धेरै घाइते भएका छन् । बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेको गाडीको छतमा बसेकाहरुलाई बिजुलीको तारले छुँदा करेन्ट लागेको हो ।
थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया