Logo

Breaking News 1

१७ सय मत गणना गर्दा पोखरा महानगरपालिकामा धनराजले कति मत पाए ?



काठमाडौं । पोखरा महानगरपालिकाको १७ सय मत गण्ना भएको छ ।

पछिल्लो मत गणनाअनुसार प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

एक हजार ७०० मतगणना हुँदा सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका आचार्यले ९०३ मत ल्याएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार कृष्णबहादुर थापाले ७०३ मत पाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ३९ बजे