Logo

मुख्य समाचार

निर्वाचन पर्यवेक्षकमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवलेको नाम अस्वीकृत



काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अस्वीकार गरेको छ ।

आयोगका अनुसार कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो ।

नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनी केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको भनी उल्लेख छ ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको थियो ।

यादवको नाम पनि विशेष पर्यवेशकको रुपमा सिफारिस भएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : ५८ बजे