Logo

मुख्य समाचार

इच्छाराज तामाङको सिटिसी मल लिलामीमा



काठमाडौं । ठगी अभियोगमा कारागारमा रहेका व्यवसायी इच्छाराम तामाङको सीटिसी मल लिलाम हुने भएको छ ।

कर्मचारी सञ्चय कोषले सोमबार सूचना जारी गर्दै मल लिलामीका लागि बोल कबोलको सूचना जारी गरेको हो । तामाङले सिभिल इस्टेट्स प्रालिको नामबाट सञ्चय कोषबाट लिएको ऋण नतिरेपछि कोषले लिलामीमा राखेको हो ।

सोमबारदेखि ३५ दिनभित्र लिलामीमा बोल कबोल गर्न सकिने सूचनामा उल्लेख छ।

यसअघि कोषले इच्छाराज तामाङ सहित सञ्चालकहरु शिवलाल श्रेष्ट, केशवलाल श्रेष्ठ, विजय कुमार मुखिया र प्रविण मुखियाको नाममा सुचना प्रकाशित गरेको थियो ।

तामाङको सिभिल सहकारीले निक्षेपकर्ताको करोडौँ रुपैँया हिनामिना गरेपछि तामाङ अहिले कारागारमा रहेका छन् ।

बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ मा तामाङलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ०० बजे