Logo

Breaking News 1

शंकास्पद वस्तुको हल्लापछि त्रिभुवन विमानस्थल खाली गरियाे



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरु विमानस्थलमा पुगेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १० : ५९ बजे