काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालका बाढीपहिरोपीडितका लागि ८३ टन आपत्कालीन राहत सामग्री पठाएको छ।
यूएई सहायता एजेन्सीमार्फत खाद्यान्न, अस्थायी आश्रय सामग्री तथा अन्य अत्यावश्यक मानवीय सामग्री बोकेको विमान नेपालका लागि पठाइएको हो।
यूएईका अनुसार हालै नेपालका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित परिवार, घाइते, बेपत्ता तथा घरबारविहीन बनेका पीडितलाई लक्षित गरी राहत सामग्री पठाइएको हो।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानको निर्देशनमा बाढीपहिरोपीडितको उद्धार, प्रारम्भिक पुनर्स्थापना र राहतका लागि एक करोड अमेरिकी डलर सहयोग घोषणा गरिएको थियो। उक्त सहयोगअन्तर्गत आपत्कालीन राहत सामग्री पठाइएको यूएईले जनाएको छ।
यूएई दूतावास र सहायता एजेन्सीले स्थानीय निकायसँग समन्वय गरी राहत सामग्री प्रभावित तथा वास्तविक पीडितसम्म पुर्याउने जनाएको छ।








प्रतिक्रिया