काठमाडाैं । सरकारले आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने भएको छ । स्वास्थ्य अवस्था अस्थिर बनेपछि थप उपचारका लागि तत्काल भारत नलगिने भएकाे हाे ।
चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा तयारी गरेकाे जनाएकाे थियाे । तर नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि उनलाई तत्काल भारत नलैजाने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ । नेपालीको अहिले वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।








प्रतिक्रिया