काठमाडौं । अष्ट्रेलियाले विश्वकप फुटबलअन्तर्गत समूह डीको खेलमा टर्किएलाई २–० ले पराजित गरेको छ।
क्यानडामा भएको खेलमा अष्ट्रेलियालाई जित दिलाउन नेस्त्री इराकुन्डाले २७औँ मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफमा कोनोर मेटक्याफले थप एक गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
यस जितसँगै अष्ट्रेलियाले समूह चरणमा महत्वपूर्ण तीन अंक जोडेको छ।
यसअघि शनिबार भएका अन्य खेलमा कतार र स्वीट्जरल्यान्डले १–१ को बराबरी खेले। ब्राजिल र मोरक्कोबीचको खेल पनि १–१ को बराबरीमा टुंगिएको थियो।
यस्तै, हाइटीविरुद्ध स्कटल्याण्ड विजयी भएको छ। उक्त जितसँगै स्कटल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।








प्रतिक्रिया