Logo

Breaking News 1

पाँच हजार मिटर उचाइमा अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (तस्विरहरु)



सोलुखुम्बु जिल्लाको खुम्बुस्थित पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला, जसलाई ‘इटालियन पिरामिड’ भनेर पनि चिनिन्छ ।

खुम्बको ५,०५० मिटर (१६,५६८ फिट) उचाइमा स्थापित अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र एक प्रसिद्ध उच्च स्थानमा रहेको अनुसन्धान केन्द्र हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र लोबुचे नजिकै रहेको यो प्रयोगशाला भूगर्भ, मानव शरीर विज्ञान तथा वातावरण विज्ञानसम्बन्धी अनुसन्धानका लागि महत्वपूर्ण केन्द्र मानिन्छ ।

यसको विशेष पिरामिड आकार सौर्य प्यानलले ढाकिएको छ । सगरमाथा आधार शिविर जाने पदमार्गमै पर्ने भएकाले यो स्थान पदयात्रीहरूका लागि पनि प्रमुख बिसौनीका रूपमा परिचित छ ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ११ : १८ बजे