Logo

मुख्य समाचार

मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी


२२ फाल्गुन २०८२, शुक्रबार  

69
Shares

मुगु । मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकी रहेको छ ।

मुगुका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको र २८ वटा मतदान केन्द्रको मत पेटिका सदरमुकाममा पुग्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

उनका अनुसार २८ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन । मतपेटिकासहित निर्वाचन टोली हिडिसकेको बताए ।

उनका अनुसार खत्याड गाउँपालिकामा १९, सोरु गाउँपालिका १, मुगुम कार्मारोङ गाउँपालिका ८ वटा मतदात केन्द्र गरेर २८ वटा मतदान केन्द्रका मतपेटिका आउन बाँकी रहेको खत्रीको भनाइ छ ।

सबै मतपेटिका जिल्लामा पुगिसकेपछि सर्बदलीय बैठक बसेपछि मतगणना कार्य अगाडि बढाइने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ११ : ५७ बजे