सुर्खेत । कर्णाली प्रदेशमा तीन बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।१ बजेसम्म ३० दशमलव सात प्रतिशत मत खसेकोमा पछिल्लो दुई घण्टामा थप १५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कर्णालीको १२ निर्वाचन क्षेत्रमा १० लाख ३७ हजार दुई सय ५० मतदाता रहेकोमा तीन बजेसम्म चार लाख ६८ हजार चार सय २५ मत खसेको छ । यो कुल मतदाताको ४५ दशमलब दुई प्रतिशत हो ।
तीन बजेसम्म सबै भन्दा बढी डोल्पामा ५९ दशमलव ४६ प्रतिशत र सबैभन्दा कम ३५ दशमलब २७ दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा खसेको छ ।
२१ फाल्गुन २०८२, बिहिबार
0
Shares








प्रतिक्रिया