काठमाडौँ । गीतकार तथा निर्देशक डा. सुबोध कुमार पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा संविधान सभा सदस्य समेत रहेका पोखरेलको आधुनिक गीति एल्बमको वरिष्ठ अभिनेता नीरविक्रम शाहले विमोचन गरे ।
एल्बममा ६ वटा गीत समाबेश छन् । एल्बमको शिर्ष गीतमा डा.पोखरेलको गीत, दिपक शर्माको संगीत र शिव परियारको स्वर रहेको छ । भिडियोमा बद्री प्रसाद तिवारी र रिस्ता बस्नेत फिचर्ड छन् । डा.पोखरेलको निर्देशन रहेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् । माता मनकामना फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गीतलाई निरु पोखरेलले प्रस्तुत गरेका हुन् ।
परेली’एल्बममा समाबेश ‘भगाएर लाने भए’बोलको गीत केही दिन अघि डिजिटल बजारमा सार्वजनिक गरिसकिएको छ । रचना रिमालको स्वर रेकर्ड उक्त गीतले १० लाख प्लस भ्यूज पाइसकेको छ । कार्यक्रममा नीरविक्रम शाहले गीत बाँच्नलाई गीतकार बाँच्न आवश्यक रहेकाले सृजनशील कलम नरोक्न डा.सुबोधलाई आग्रह गरे । शाहले जीवनका विभिन्न समयमा डा.पोखरेलले आफूलाई फरक फरक भूमिकामा अब्बल सावित गरेको बताए ।
उनले भने, ‘डा.पोखरेललाई कहिले टेलिभिजनकर्मी रुपमा देखेँ, कहिले फिल्म निर्माता तथा निर्देशक, लेखकको रुपमा चिन्न पाए । कहिले यौन चिकित्सकको रुपमा पनि चिन्न पाएँ । आगामी दिनमा पनि कलम नरोकियोस्, शुभकामना व्यक्त गर्दछु ।’
पत्रकार टिकाराम यात्रीले ‘परेली’एल्बम संगीत क्षेत्रको पानीढलो बन्न सकोस् भन्ने शुभकामना दिए । रंग पत्रकार प्रकाश सुवेदीले ‘परेली’गीत सुन्दा हेर्दा आँखालाई शितल र मनमा आनन्द मिलेको प्रतिक्रिया दिए । उनले भने, ‘मरेर गएपनि जिवित हुने कृति तयार भएको रहेछ । म चाहन्छु, गीतकार डा.सबोधलाई चलचित्रमा पनि पुनरागमन भएको हेर्न पाउँ ।’
गायक शिव परियारले भने, ‘डा.सुबोधको असाध्यै राम्रो शब्द गाउन पाएकोमा खुसी छु । गीत सफलताको शुभकामना व्यक्त गर्दछु ।’ गायक परियारले भाइरल ट्रेनमा आफू कहिल्यै हिड्न नचाहेको बताए । गीतकार तथा निर्देशक डा.पोखरेलले गीत निर्माणको क्रममा भएको सहकार्यलाई जीवनकै अवस्मिरणीय पल सम्झेका छन् । गीतलाई ओएसआर डिजिटल मार्फत डिजिटलाइजेशन गरिएको छ ।










प्रतिक्रिया