Logo

Breaking News 1

सर्वपक्षीय बैठक बस्दै, प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा छलफल हुने


१९ मंसिर २०८२, शुक्रबार  

46
Shares

काठमाडौंं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठकमा संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरू, निर्वाचन आयोगका पदाधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरूलाई बोलाइएको छ ।

विशेषगरी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र समन्वयका विषयमा छलफल हुने जनाइएको छ ।

निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सहकार्य र भूमिकाबारे साझा धारणा बनाउन बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  ६ : ०९ बजे