Logo

Breaking News 1

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ११ : ०० बजे