Logo

Breaking News 1

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सरोज कुमार यादव



जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले आज मधेश प्रदेशसभामा विश्वासको मत लिने जानकारी गराएका थिए ।

उनले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेशसभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए ।

उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले आज विश्वासको मत लिने जानकारी दिए । मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको पनि बताए ।

उनले विभिन्न दलहरुसँग कुरा भएको र आफूले विश्वासको मत पाउनेमा कुनै संका नरहेको बताए । हिजो बेलुका सर्वाेच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ३३ बजे