जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन् ।
मंगलबार (आज) साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोली दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए ।
उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए ।
उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोली विश्वासको मत लिने जानकारी दिए । मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्नेमा आफू ढुक्क रहेको पनि बताए ।
उनले विभिन्न दलहरु संग कुरा भएको र आफूले विश्वासको मत पाउनेमा कुनै संका नरहेको बताए । हिजो बेलुका सर्वाेच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।










प्रतिक्रिया