Logo

Breaking News 1

कमला पुल जुनसुकै हालतमा बन्नुपर्छ : उर्जा मन्त्री घिसिङ



जनकपुर । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले सिरहा र धनुषा जोड्ने कमला पुल जुनसुकै हालतमा बन्नुपर्ने बताएका छन् ।

कमला पुलको निरीक्षण गर्न आएका मन्त्री घिसिङले जनकपुरधाममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै कमला पुल निर्माण हुनुनै पर्नेमा जोड दिए ।

उनले आज पुल निरीक्षण गरेर पुलको वास्तवीक अवस्था बुझेर थप गर्नुपर्ने काम अगाडि बढाउने जानकारी दिए । उनले सोही पुललाई तत्काल बनाएर अगाडि बढ्न सक्ने कि पुनः निर्माणनै गर्नुपर्नेमा सबै पक्ष हेरेर विचार गरिने बताए ।

उनले नयाँ पुल बनाउनु परेपनि बनाउने तर कुनै पनि हालतमा पुल सञ्चालनमा ल्याएर छाड्ने बताए । मन्त्री घिसिङसहितको टोली हिजो जनकपुरधाम आएका थिए । उनी आज सिरहा पुगेर कमला पुलको निरीक्षण गर्न लागेका हुन ।

यस अघि उनले आजै विहान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासंग जनकपुरधास्थित निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्येश्यि अन्तराष्ट्रिय रंगशाला मैदानको निरीक्षण गरेका थिए ।

सिरहा र धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न हुनु अघिनै भास्सिएको थियो । पुल नभएका कारण दुबै जिल्लावासीलाई आवत जावत गर्न करीब ९० कि.मि घुमेर जानुपर्ने बाध्यता रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  २ : २६ बजे