Logo

अर्थ

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम बढ्यो


३० कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ । अघिल्लो कारोबार बिहीबार ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लीएको नेप्से परिसुचक आईतबार ५.१५ अंकले घटेर २५४०.५७ अंकमा झरेको छ ।

नेप्सेमा सामान्य अंकले गिरावट आएपनि कारोबार रकमभने अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि भएको छ । बिहीबार ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको बजारमा यसदिन कुल ३३७ स्टकको ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँको ७९ लाख ५७ हजार कित्ता कारोबार भएको छ । यो किनबेच ४७ हजार १७६ पटकको कारोबारमा भएको हो ।

यसदिन सेन्सेटिभ इन्डेक्स १.४४ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.५० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले घटेको छ ।

यस दिन सागर डिस्टीलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार र नबिल डिबेन्चरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टलिरीको शेयर मूल्य प्रतिकित्ता ५१.४० रुपैयाँले बढेर ५६५.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज कारोबारमा आएको मध्ये भुगोल इनर्जी डेभलप्मेन्टको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको शेयर प्रतिकित्ता १० प्रतिशतले घटेर ६४४.४० रपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, रुरु जलविद्युत कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले घटेको छ । कारोबार रकमका आधारमा यस दिन एसबिल डिबेन्चर ८९, नेपाल रि इन्स्योरेन्स कम्पनी र माउन्टेन इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

यसदिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन घटेका उपसमूहहरुको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : ३९ बजे