काठमाडौं — नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७८ पैसा तोकिएको छ।
राष्ट्र बैंकले प्रकाशित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, र ब्रिटिश पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १९ पैसा तथा बिक्रीदर १८६ रुपैयाँ ९८ पैसा तोकिएको छ।
स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, र क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा तथा बिक्रीदर १०१ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।
त्यसैगरी, साउदी रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा, र युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा तथा बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा तोकिएको छ।
राष्ट्र बैंकका अनुसार बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा, र ओमानी रियाल एकको खरिददर ३६८ रुपैयाँ १२ पैसा तथा बिक्रीदर ३६९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। बैंकले विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।










प्रतिक्रिया