काठमाडौं — हिमालयन लाइफ इन्स्योरेन्सले कपिलकुमार दाहाललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत दाहाललाई आजदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो।यसअघिका सीईओ मनोजकुमार लालले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका थिए। सोही दिन सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको थियो।
१३ कार्तिक २०८२, बिहिबार
46
Shares








प्रतिक्रिया