सर्लाही । सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड बेभरेज इन्डस्ट्रीजले उत्पादन गरेको एक्वा ब्रान्डको बोतलमा लेदो तथा आँखाले देख्न सकिने धुलो–कण (सोलिड एण्ड डस्ट) फेला परेपछि जरिवाना गरिएको हो ।
संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा बोतलमा लेदो भेटेपछि ती सबै पानीका बोतल नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र पासवानले जानकारी दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख राजिन बुढाथोकीका अनुसार दूषित उत्पादन गरेको पुष्टि भएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना लगाइएको र बिक्रीमा समेत रोक लगाइएको हो ।
प्रतिक्रिया