Logo

Breaking News 1

नेपालबाट मनसुन बहिर्गमनको अन्तिम चरणमा पुगेको छ : उपमहानिर्देशक रेग्मी



बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिसकेको छ । नेपालबाट मनसुन बहिर्गमन करिब करिब अन्तिम चरणमा पुगिसकेको अवस्था छ ।
सुमन कुमार रेग्मी
उपमहानिर्देशक
जल तथा मौसम विभाग

काठमाडौं । हाल नेपालमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै गएकाले नेपालबाट बाहिरे अवस्थामा पुगेको मौसमविद्हरुले बताएका छन् । बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले गत १७ गतेबाट बागमती, मधेस प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा पनि भारी वर्षाहरू भएको थियो ।

उनले भने, ‘बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिसकेको छ । नेपालमा यो मनसुन बहिर्गमनको करिब करिब अन्तिम चरणमा पुगिसकेको अवस्था छ ।’ आज (आइतबार) मौसम फेरबदल हुने अथवा पानी पार्ने अवस्था नरहे पनि पश्चिमी वायुको कारणले कर्णालीका केही भूभाग र सुदूरपश्चिमका पनि पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुनसक्ने उनले जानकारी दिए । साथै उनले पानी पार्न सक्ने मौसमी प्रणाली नरहेको बताए ।

‘हामीले के देखिरहेका छौँ भने पश्चिमतिरबाट आउने पश्चिमी वायुको कारणले कर्णालीका केही भूभाग र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा केही मौसममा थोरै फेरबदल हुने तर त्यति त्यस्तो खालको ठूलो फेरबदल हुने अवस्था छैन,’ उनले भने ।
मनसुन सुधारिए पनि बहिर्गमनको अन्तिम चरणमा रहेकाले वर्षाको सम्भावना पनि उतिकै रहेको उनले बताए ।

‘अझैपनि मनसुन सकिसकेको अवस्था छैन् । मनसुन बहिर्गमनको अन्तिम चरणमा छ । त्यसकारण मनसुन नसकिएसम्म वर्षाको सम्भावना रहन्छ, खासगरी मनसुनी वर्षाको,’ उनले थप भने, ‘सम्भवतः यो हप्ताको अन्तिमसम्ममा अथवा अर्को हप्ताको सुरुसम्ममा मनसुन बहिर्गमन भइसक्ने अवस्था जस्तो देखिएको छ ।’

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उपमहानिर्देशक रेग्मीले हाल जोखिमको सम्भावना नरहेपनि कोशी प्रदेशको एकदुई ठाउँमा मध्यम वर्षासम्म पनि हुन सक्ने बताए । साथै उनले कोशी प्रदेशबाट समेत आज रातिबाट नै मनसुनी वायुको प्रभाव बाहिरिने अवस्था रहेको बताए ।

‘जोखिमको सम्भावना त अहिले कहींपनि देखिदैन् । त्यस्तो ठुलो सम्भावना पनि छैन । जोखिमको सम्भावना छैन । वर्षाको सम्भावना केही क्षेत्रमा हुनसक्छ, खासगरी कोशी प्रदेशको अझै पनि केही भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा पनि हुन सक्छ । त्यस्तो अवस्था आज दिनभरी मात्र रहन्छ । त्यसपछि करिब आज रातिबाट भनौँ, रातिबाट त पुरै यो प्रणाली चाहिँ बाहिरिने अवस्था छ,’ उनले भने ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  २ : ४९ बजे