Logo

Breaking News 1

ट्रकको ठक्करबाट बाजुराका पूर्वसञ्चारकर्मी नाथको मृत्यु



बाजुरा । ट्रकको ठक्करबाट बाजुराका पूर्वसञ्चारकर्मी नरेन्द्र नाथको भारतमा मृत्युु भएको छ । बाजुराको बडीमालिका नगरपालिका ४ रिला घर भएका अन्दाजी वर्ष २८ का नाथको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

नाथको भारतको नयाँ दिल्लीबाट नेपाल आउने क्रममा पिलिभित बिसलपुर सडकस्थित उनी चढेको ट्याक्सीको टायर बदल्ने क्रममा विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको हो ।

बडीमालिका प्रवासी नेपाली एकता मञ्च भारतका संयोजक समेत रहेका नाथको मृत्युको खबरले भारतमा रहेका नेपाली, बाजुरा जिल्लाबासी र उनका घरपरिवार, आन्तजन शोकमग्न बनेका छन् ।

नाथले सामाजिक सञ्जाल फेसबुकमा दुई दिन पछि गाउँमै भेटौला शुभरात्री भन्दै स्टाटस लेखेका थए । तर उनी बिहान नहुँदै संसार छोडेर गए ।

नाथले भारतमा बसेर बाजुराका दुखी पिडितलाई सक्दो सहयोग गर्दै आएका थिए । नाथ रेडियो बाजुरामा कार्यरत हुँदा कार्यक्रम सञ्चालन तथा बजार व्यवस्थापकको काम गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ०४ बजे