Logo

Breaking News 1

चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प



काठमाडौं । चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।

सीसीटीभी क्यामेरामा कैद दृश्यमा घरभित्रको छतको बत्ती र विभिन्न पोखरीहरुमा भएका माछा जोडले हल्लिएको देखिन्छ । स्थानीय आवासीय क्षेत्रमा केही घर भत्किएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ । अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ जाँदै गरेका देखिन्छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले मलबा हटाउने र उद्धार कार्य सुरु गरेका छन् ।

क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन । उद्धार तथा राहत कार्य भने निरन्तर जारी छ । -सीसीटीभी

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १० : १६ बजे