मेष राशि
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
बृष राशि
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मिथुन राशि
अवसरका लागि परिस्थितिसँग सम्झौता गर्नुपरे पनि फाइदै हुनेछ। व्यवसायतर्फ विशेष अवसर प्राप्त हुन सक्छ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ।
कर्कट राशि
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ।
सिंह राशि
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।
कन्या राशि
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला।
तुला राशि
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
बृश्चिक राशि
अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
धनु राशि
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै कामको जग बसाउन सकिनेछ।
मकर राशि
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ।
कुम्भ राशि
स्वास्थ्य कमजोर रहे पनि धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो काममा जग बसाउन सकिनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।
मीन राशि
चुनौतीभित्र अवसर खोज्ने समय छ। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शारीरिक कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला।
प्रतिक्रिया