Logo

मुख्य समाचार

आजको मौसम : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको केही स्थान तथा अन्य प्रदेशको पहाडी र तराईका भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ५४ बजे