Logo

खेलकुद

एसिया कपमा भारतसँग पाकिस्तान पराजित



काठमाडौं । एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको छ । गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो ।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी हुँदा चार विकेटको क्षतिमा हुँदा १७४ रन बनाउँदै पूरा गरेको हो । एसिया कपमा पाकिस्तान भारतसँग यो दोस्रो पटक पराजित भएको हो । यसअघि समूह चरणको खेलमासमेत पाकिस्तान भारतसँगै पराजित भएको थियो ।

आइतबार रातिको खेलमा भारतका लागि अभिषेक शर्माले सानदार अर्धशतकीय इनिङ खेले । ३९ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा ७४ रन बनाएका हुन् ।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १७१ रन बनाएको हो । पाकिस्तानका लागि साहिबजादा फरहानले अर्धशतक बनाए । ४५ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्काको मद्दतमा ५८ रन जोडेका हुन् । उसका लागि सायम अउब र मोहमद नवाजले समान २१–२१ रन थपे ।

भारतको बलिङतर्फ चार ओभर बलिङ गरेका जसप्रित बुम्राह विकेटबिहीन बने । उसका लागि शिभव दुवेले दुई विकेट हात पार्दा कुलदीप यादव र हार्दिक पाण्ड्याले एकएक विकेट लिए । यो जितसँगै भारत सुपर फोरमा दुई अंक जोडेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ७ : २३ बजे