काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँग सहकार्य गर्दै मोबाइल बैंकिङ एप ‘गरिमा डीजी बटुवा’ मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो।
ग्राहकहरूले नजिकको शाखामा फारम भरेपछि मोबाइल एपमा भर्चुअल कार्ड सुचारु गर्न सक्नेछन्। यो कार्डमार्फत फोनपे नेटवर्कमा रहेका क्युआर कोड प्रयोग गरी सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।
क्रेडिट सीमा न्यूनतम १० हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म तोकिएको छ। कार्ड प्रयोग गर्दा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने सुविधा रहेको छ भने हिसाब राफसाफ गर्दा १० प्रतिशत वा पूर्ण भुक्तानी गर्ने विकल्प उपलब्ध छ।
भौतिक कार्डको सट्टा मोबाइल एपमै उपलब्ध हुने यस सेवाले सुरक्षित र आधुनिक भुक्तानी अनुभव दिने विश्वास बैंकले व्यक्त गरेको छ।
प्रतिक्रिया