मेष राशि
सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ।
बृष राशि
नियमित काम बने पनि केही सहयोगीले काममा धोका दिन सक्छन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्।
मिथुन राशि
सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।
कर्कट राशि
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछन्। यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
सिंह राशि
मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।
कन्या राशि
मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ।
तुला राशि
विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। कुनै विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।
बृश्चिक राशि
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगको नाममा झुक्याउनेहरूले दुस्ख दिनेछन्। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।
धनु राशि
रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ। भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ।
मकर राशि
पहिलेको सफलताले हौसला जगाउनेछ र नयाँ कामतर्फ अग्रसर भइनेछ। विभिन्न अवसर पनि प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुने समय छ।
कुम्भ राशि
अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला। मिहिनेतको परिणाम भने राम्रै हुनेछ।
मीन राशि
घर–परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि उल्झन आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ। मान–सम्मानमा समेत आघात पुग्ने सम्भावना छ।
प्रतिक्रिया