Logo

अर्थ

नयाँ रेकर्ड: सुन प्रतितोला २ लाख १० हजार ४ सयमा


२० भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार प्रतितोला सुन २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

एक साताभित्र मात्रै सुनको मूल्य करिब १० हजार रुपैयाँले बढेको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर नयाँ रेकर्ड कायम भएको छ। अघिल्लो दिन २४८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँले बढेर २४९० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ११ : ५० बजे