Logo

अर्थ

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड, नेपालमा समेत बढ्यो प्रभाव



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले ऐतिहासिक उचाइ छुँदै प्रति औंसर ३,५०० अमेरिकी डलर नाघेको छ। लगातार बढ्दो मूल्यले विश्वभरै प्रभाव पारिरहेको अवस्थामा यसको प्रत्यक्ष असर नेपालमा समेत देखिएको छ।

सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा चुलिँदा नेपालमा पनि प्रतितोला मूल्य क्रमशः बढ्दै गएको छ। व्यापारीहरूले हालको मूल्यवृद्धिलाई असामान्य भन्दै आगामी दिनमा अझै बढ्ने अनुमान गरेका छन्।

आर्थिक विश्लेषकहरूका अनुसार विश्व बजारमा देखिएको अनिश्चितता, मुद्रा स्फीति र सुरक्षित लगानीको विकल्पका कारण सुनको माग बढेपछि मूल्य रेकर्ड तोड्दै गएको हो।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहिबार  ११ : ५९ बजे