काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७६ पैसा र बिक्रीदर १४० रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिदर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८९ रुपियाँ ०५ पैसा र बिक्रीदर १८९ रुपियाँ ८६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७४ रुपियाँ ३६ पैसा र बिक्रीदर १७५ रुपियाँ ११ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ७० पैसा र बिक्रीदर ९१ रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ०८ पैसा र बिक्रीदर १०१ रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०७ पैसा र बिक्रीदर १०९ रुपियाँ ५४ पैसा, जापानी येन १० को खरिदर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा कायम गरिएको छ ।
यसैगरी, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ५० पैसा र बिक्रीदर १९ रुपियाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३५ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ३१ पैसा र बिक्रीदर चार रुपियाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार आज मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ०६ पैसा र बिक्रीदर ३३ रुपियाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १० पैसा र बिक्रीदर १० रुपियाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ७१ पैसा र बिक्रीदर १४ रुपियाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ८८ पैसा र बिक्रीदर १७ रुपियाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ६६ पैसा र बिक्रीदर ४५९ रुपियाँ ६२ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७० पैसा र बिक्रीदर ३७२ रुपियाँ २९ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५७ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया