Logo

अर्थ

तोलामा २ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर तोलाको १ लाख ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला २ हजार  ३५० रुपैयाँमा कायम भएकोे छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : ०७ बजे