काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। बुधबार २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २ हजार ३१५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
महासंघले दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ, जसअनुसार स्थानीय बजारमा कारोबार गरिन्छ।
प्रतिक्रिया