स्याङ्जा । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–४ की श्यामकला पाण्डे (२७) र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे कालीगण्डकी नदीमा बेपत्ता भएका छन्।
बुधबार बिहान सवा १० बजे घरबाट अस्पताल जान्छु भनी निस्किएकी श्यामकला सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा बेपत्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। नदी किनारमा रहेको प्रतिक्षालयमा उनको झोला, मोबाइल, चप्पल र छोराको जुत्ता फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
प्रहरीले आमा–छोरा नदीमा हामफालेको आशंका गरेको छ। हाल उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ।
श्यामकलाका श्रीमान् वैदेशिक रोजगारीका लागि दुबईमा रहेका छन् र उनी आज नेपाल फर्किंदैछन्। कालीगण्डकी गाउँपालिका–४ का वडाध्यक्ष यावदप्रसाद पाण्डेयका अनुसार श्यामकला बुधबार बिहान आफ्ना ससुरालाई अस्पताल लैजान्छु भन्दै घरबाट निस्किएकी थिइन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। [Google photo]
प्रतिक्रिया