आज मिति २०८२ साउन १२ गते सोमवार, २८ जुलाई २०२५। श्रावण शुक्लपक्ष चतुर्थी तिथि। पूर्वफाल्गुनी नक्षत्र, १९ः०७ बजेपछि उत्तरफाल्गुनी। चन्द्रराशि सिंह।
मेष राशि
समय लागे पनि निर्णायक कार्य गर्ने समय छ। पहिलेका उल्झन समाप्त हुनाले रोकिएको काम थालनी गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ।
बृष राशि
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
मिथुन राशि
दाजुभाइमा असमझदारी बढ्न सक्छ। जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले बढी मिहिनेत गर्नुपर्ने समय छ। प्रतिपस्पर्धीहरूले अवरोध पुर्याउन सक्छन्।
कर्कट राशि
काम बन्नाले मनग्य आम्दानी भित्र्याउने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
सिंह राशि
प्रतिष्ठित काम सम्पादन हुनेछ। नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
कन्या राशि
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
तुला राशि
केही काम रोकिए पनि मनग्य आम्दानी हुनेछ। पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। नयाँ योजनातर्फ केही रकम खर्च हुनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला।
बृश्चिक राशि
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ। तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ।
धनु राशि
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
मकर राशि
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अस्वस्थताले काममा जुट्न नसकिएला। सामान्य काममा धन र श्रम खर्च हुनेछ।
कुम्भ राशि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ।
मीन राशि
काममा केही चुनौतीहरू देखिनेछन् र सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ।
प्रतिक्रिया