Logo

Breaking News 1

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै कामपा



काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउनदेखि सडक सुरक्षाका लागि आफ्नो मातहतका सडकमा सडक सङ्केत राख्ने तयारी गरेको छ ।

यसअघि राखिएका उक्त चिह्न अहिले धेरै स्थानमा सडक सङ्केतहरू मेटिएका छन्, यसरी सडकमा राखिने चिह्न नहुँदा दुर्घटना र ट्राफिक व्यवस्थापनमा समेत समस्या भएकाले कामपाले सडक विभागसँगको सहकार्यमा त्यस्ता चिह्न राख्न लागेको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

सल्लाहकार श्रेष्ठका अनुसार उक्त चिह्न राख्नका लगि आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याइसकेको र यही साउन महिनादेखि काम सुरू गरिने छ । उनका अनुसार विभागसँगको सहकार्यमा मुख्य राजमार्गबाहेक अन्य सबै सडकमा कामपाले नै सडक सङ्केत राख्ने तयारी पूरा भएको छ ।

योसँगै कामपाले पैदलयात्री र सवारी चालकलाई सडक प्रयोग कसरी गर्ने भन्नेबारे जनचेतनाको काम गर्ने तयारी पनि रहेको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ११ : २८ बजे