Logo

अर्थ

आज सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बृद्धि भई २ हजार २ सय २५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : २७ बजे