Logo

Breaking News 1

सुनकाे भाउ तोलामा २९०० रुपैयाँले बढ्याे, कतिमा हुँदै छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । सोमबार छापावाल प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँमा काराेबार भइरहेकाे छ । हाजाे चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १० : ५९ बजे