काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन् ।
बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।
पर्यटनमन्त्री पाण्डेले भने,‘सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्वले नै गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उचो भूगोल भएको सगरमाथामार्फत् हाम्रो पहिचानलाई स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना ग¥यौ र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्यौ ।’
उनले जलवायु परिवर्तनका कारण हिमालहरु कालापत्थरमा परिणत हुने जोखिम बढेको र सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र नभई सिंगो पृथ्वीलाई नै असर गर्ने बताए ।
सगरमाथा दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमलेमा प्रभातफेरी आयोजना गरियो । कर्मचारी सञ्चयकोष ठमेलबाट सुरुभएको झाँकी, ब्याण्डबाजासहितको ¥याली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
¥यालीमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको छाता सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधकरणको उल्लेख्य उपस्थिति थियो ।
यससँगै नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको शालिकमा समेत माल्यापर्ण गरिएको छ ।
सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रुपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।
प्रतिक्रिया