काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले राजावादी आन्दोलनका क्रममा पार्टी सम्पत्तिमा ८४ लाख ८२ हजार ६२८ रुपैयाँ बराबरको क्षति पुगेको भन्दै क्षतिपूर्तिको माग गरेको छ।
पार्टीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले प्रहरीसमक्ष दिएको जाहेरीमा आन्दोलनकारीद्वारा लुटिएको नगद र तोडफोडबाट भएको भौतिक क्षतिलगायत गरी कुल क्षतिपूर्तिको माग गरिएको हो।
जाहेरी अनुसार, पार्टी कार्यालयमा रहेको १९ लाख ६० हजार रुपैयाँ नगद लुटिएको र भाडामा लिएको भवनको झ्याल, ढोका तथा सिसा तोडफोड र आगजनीबाट तीन लाख १४ हजार ८५० रुपैयाँको क्षति पुगेको उल्लेख छ। यस्तै, केन्द्रीय कार्यालयको सम्पत्तिमा ६२ लाख सात हजार ७७५ रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको छ।
भट्टराईले आन्दोलनमा संलग्न व्यक्तिहरूको पहिचान गरी मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ र अन्य प्रचलित कानुनअनुसार कारबाही गर्न माग गर्दै क्षतिपूर्ति दिलाउन आग्रह गरेका छन्।
प्रतिक्रिया