Logo

Breaking News 1

तोलामा ५ हजारले बढ्याे सुन, चाँदीकाे पनि बढ्याे



काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ५ हजारले बढेर तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

छापावाल सुन हिजाे मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा तोलामा ५० रुपैयाँ  बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १९९० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १० : ५२ बजे