Logo

Breaking News 1

शान्त वीरेन्द्रनगर, ढकमक्क गुल्मोहर (तस्बिरहरु)



सर्खेत । गुल्मोहर ढकमक्क फूलेपछि वीरेन्द्रनगर सिंगारिएको छ । वीरेन्द्रनगरका सडक छेउमा फूलेका गुल्मोहरले सबैलाई आकर्षित गर्छन् ।

ढकमक्क फुलेका गुलमोहर फुलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउनेहरूको भीड नै लाग्ने गरेको छ । गुलमोहर हरेक वर्ष वसन्त ऋतुमा फुल्ने गर्छ ।

वीरेन्द्रनगरका कुहिनेपानी, घण्टाघर आसपास, चिसापानी, विद्युत् कार्यालय वरपर गुलमोहरका रुखहरू छन् ।

घण्टाघर बाहिर खुल्ला पार्क बनाएको छ भने नजिकै गुलमोहरका रुख छन् । आन्तरिक पर्यटकहरू पार्कमा रम्दै गुलमोहरको फुलको अवलोकन गर्ने गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १० : १३ बजे