Logo

कर्पोरेट

नेपाल माइक्रो इन्स्योरेन्सको शेयर कारोबार सुरु, पहिलो कारोबार ३०२ रुपैयाँ ३० पैसामा



काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ। कम्पनीको शेयर स्पेसल प्रि(ओपन सेसनमा म्याचिङ भएपछि पहिलो कारोबार ३०२ रुपैयाँ ३० पैसामा भएको हो।

नेप्सेले प्रारम्भमा कम्पनीको शेयरको मूल्य १००.८० रुपैयाँ देखि ३०२.४० रुपैयाँको बीचमा तय गरेको थियो। आज पहिलो कारोबार ३०२.३० रुपैयाँमा भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ७५ लाख कित्ता शेयर गत बिहीबार नेप्सेमा सूचिकृत गरिएको थियो। यसअघि सोमबार प्रि(ओपन सेसनमा मूल्य म्याचिङ नभएको कारण शेयर कारोबार सुरु गर्न सकिएको थिएन।

कम्पनीले गत फागुन महिनामा २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीलाई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय सञ्चालनको इजाजतपत्र प्राप्त भएको छ।

कम्पनीको रजिस्टर्ड कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ०१ बजे