काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले आगामी चैत २१ गते आफ्नो ७औं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे देखि आयोजना हुनेछ।
साधारणसभाका लागि कम्पनीले चैत ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस सभामा विभिन्न प्रस्तावहरू छलफल गरी पारित गरिनेछन्।
साधारण प्रस्तावहरू: १. कम्पनीको आ.व. २०८० र २०८१ का वार्षिक प्रतिवेदन सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत गरिनेछ। यसमा वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पनि समावेश हुनेछ। २. आ.व. २०८० र २०८१ का लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने। ३. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८१ र २०८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने। ४. संचालक समितिको प्रस्तावमा कम्पनीले रु. २,००,००,००,००० चुक्ता पुँजीमा ०.३९४७ प्रतिशतका दरले नगद लाभांश रु. ७८,९४,७३७ वितरण गर्ने।
विशेष प्रस्तावहरू: १. संचालक समितिले प्रस्ताव गरेको रु. २,००,००,००,००० चुक्ता पुँजीमा ७५ प्रतिशत बोनश शेयर जारी गर्ने। यसबाट कम्पनीको चुक्ता पूँजीमा वृद्धि हुनेछ र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरिनेछ। २. छैठौं वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयरलाई संशोधन गरेर १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने। ३. आ.व. २०८० र २०८१ का खर्चको अनुमोदन गर्ने। ४. सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूको बैठक भत्तामा संशोधन गर्ने। ५. प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई सबै कार्य सम्पन्न गर्न पूर्ण अधिकार प्रदान गर्ने।
कम्पनीले सबै शेयरधारकलाई उक्त साधारणसभामा उपस्थित हुन आह्वान गरेको छ।
प्रतिक्रिया