Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकले महिला उद्यमीको लागि ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गर्यो


२३ फाल्गुन २०८१, शुक्रबार  

138
Shares

काठमाडौं | ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ। यस कर्जा योजनाले महिला उद्यमीलाई वित्तीय सहजीकरण प्रदान गर्दै रोजगार सिर्जना, सामाजिक विकास र स्थानिय समुदायको आर्थिक सशक्तिकरणमा मद्दत पुर्याउने उद्देश्य राखेको छ।

कर्जा योजनाअन्तर्गत महिलाले नेतृत्व गरेका कृषि, उत्पादन, प्रसोधन र बजारीकरणका क्षेत्रका घरेलु, साना र मझौला उद्योगलाई विशेष प्राथमिकता दिइ कर्जा प्रदान गरिनेछ। महिलाहरुलाई न्यूनतम ब्याजदरमा १० करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुनेछ। कर्जा प्राप्त गर्नका लागि महिलाको कम्तीमा ५० प्रतिशत स्वामित्व र व्यवसायको पूर्ण नेतृत्व आवश्यक हुनेछ।

यस कर्जाको लागि योग्य व्यवसायहरूले डिजिटल उपहार पनि प्राप्त गर्नेछन्।

ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४युरोमनी अवार्ड फर एक्सलन्स २०२४ प्राप्त गरेको छ। बैंकले ३५५ शाखा, ३८५ एटीएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा र १,१०० भन्दा बढी सेवा केन्द्र मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले रेमिट्यान्स सेवामा पनि महत्वपूर्ण भूमिका निभाइरहेको छ र विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ, जसमा संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार र युएई जस्ता देशहरू समावेश छन्

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ८ : ४९ बजे