मुगु । मुगु जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थानमा छ ।
सोरु गाउँपालिका ६१.२ अंकसहित अग्रस्थानमा रहदा मुगमकार्मारोङ दोस्रो, छायाँनाथ रारा नगरपालिका तेस्रो र खत्याड चौथो स्थानमा रहेका छन ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय सुशासनको मूल्यांकनमा मुगमकार्मारोङ्गले ९१.५ अंक सहित अग्रस्थानमा छ ।
यस्तै,मुगमकार्मारोङ्ग संस्थागत मूल्यांकनमा पनि ८९ अंकका साथ पहिलो स्थानमा रहन सफल भएको छ । आयोगका अनुसार यस्ता मूल्यांकनले स्थानीय तहलाई सुशासन सुधार्न थप प्रोत्साहन दिनेछ ।
प्रतिक्रिया