चितवन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सिराइचुलि होटेलमा आफ्नो बिजनेस रिभ्यू मीटिंग सम्पन्न गरेको छ। उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको थियो।
कार्यक्रममा कम्पनीका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया म्यानेजरहरू र शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा कम्पनीका अध्यक्ष रतन लाल केडियाले सफलताका लागि नयाँ प्रविधि र सोचलाई अपनाउनुको महत्त्व र नयाँ अभिकर्ताहरूको संख्या विस्तार कार्यमा तत्परता अपनाउनुपर्नेमा जोड दिनुभयो। उनले कम्पनीलाई नयाँ उचाइमा पुर्याउन परम्परागत कार्यशैलीसँगै नवीनतम तरिकाको प्रयोग गर्न आवश्यक रहेको बताए।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीका कर्मचारीहरूलाई गहना र निधि करार गर्दै, कम्पनीको सफलता कर्मचारीको योगदानमा निर्भर रहने बताउनुभयो। उनले कर्मचारीहरूलाई आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्न प्रेरित गर्दै, यसले कम्पनीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा पुर्याउन मद्दत पुर्याउने उल्लेख गर्नुभयो।
कार्यक्रमको अन्त्यमा आ. ब. २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरू र शाखा तथा उप–शाखाका प्रबन्धकलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया